दफा ५४
मतपत्र बदर हुने अवस्था
:  देहायको कुनै अवस्थामा मतपत्र बदर   हुनेछ ः-
(क)  सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
(ख)  औँठाछाप लगाई वा दफा ३७ को उपदफा (३) बमोजिमको छाप वा  चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको,
(ग)  मत सङ्केत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको,
(घ)  उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
(ङ)  निर्वाचित गर्नु पर्ने सङ्ख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
(च)  एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केतको चिन्ह पर्ने गरी मत सङ्केत गरिएको,
(छ)  मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
(ज)  कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरिएको,
(झ)  आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
(ञ) मतपेटिका भन्दा बाहिर राखिएको,
(ट)  जाली मतपत्र, वा
(ठ)  आयोगले बदर हुने भनी तोकेको मतपत्र ।