नियम १८
मतपत्रमा क्रमसङ्ख्या उल्लेख हुनु पर्ने

(१) ऐनको दफा ३० को उपदफा (१) बमोजिमको मतपत्रको अर्धकट्टीमा सिलसिलेवार रुपमा मतपत्रको क्रमसङ्ख्या उल्लेख भएको हुनु पर्नेछ ।
(२) प्रत्येक मतदान केन्द्रमा सो मतदान केन्द्रको लागि आयोगले निश्चित गरेको क्रमसङ्ख्या अनुसारका मतपत्रहरु मात्र प्रयोग गर्नु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मतदान केन्द्रमा पुन मतदान गराउनु पर्ने भएमा निर्वाचन अधिकृतले आयोगको स्वीकृति लिई निर्वाचन अधिकृतसँग बाँकी रहेका अन्य क्रमसङ्ख्याका मतपत्रहरु निश्चित गरी मतदान अधिकृतलाई उपलब्ध गराउन सक्नेछ । त्यसरी उपलब्ध गराएका मतपत्रको विवरणको एकप्रति निर्वाचन अधिकृतले राख्नु पर्नेछ ।