दफा ३क
मध्यवर्ती क्षेत्र तोक्न सक्ने
: (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरीको कुनै पनि क्षेत्रलाई चार किल्ला खोली मध्यवर्ती क्षेत्र तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको मध्यवर्ती क्षेत्रको परित्याग, स्वामित्व हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ ।