नियम
मनसायपत्र आव्हान गर्नु पर्ने
ः: मन्त्रालयले नियम ५ बमोजिम स्वीकृत परियोजना
कार्यान्वयन गर्नको लागि देहायका कुराहरु खुलाई नेपालभित्रका प्रमुख पत्रपत्रिकामा सूचना
प्रकाशन गरी मनसायपत्र आव्हान गर्नु पर्नेछ र त्यस्तो सूचना सम्भव भएसम्म वेभसाइटमा
समेत राख्नु पर्नेछ ः–
(क) परियोजनाको संक्षिप्त विवरण,
(ख) ऐनको दफा ३ बमोजिम कुन तरिकाबाट परियोजना कार्यान्वयन गरिने हो सो
कुरा,
(ग) मनसायपत्र पेश गर्ने व्यक्तिको योग्यता,
(घ) मनसायपत्र सम्बन्धी कागजात खरिद गर्ने मन्त्रालय र सो वापत लाग्ने दस्तुर,
(ङ) मनसायपत्र पठाउनु पर्ने तरिका, अन्तिम मिति, समय र स्थान,
(च) मनसायपत्र खोल्ने मिति, समय र स्थान,
(छ) मनसायपत्र छनौट हुने आधार,
(ज) मनसायपत्र उपर निर्णय गरिने अनुमानित मिति,
(झ) अन्य आवश्यक कुराहरु ।