नियम
मनसायपत्र तथा प्रस्ताव आह्वानको लागि कागजात तयार गर्ने
(१) नियम ५
बमोजिम स्वीकृति प्राप्त भएपछि प्राधिकरणले मनसायपत्र तथा प्रस्ताव आह्वानको लागि
विस्तृत विवरण सहितका कागजात तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कागजातमा नियम ४ र ५ बमोजिमका
विवरणका अतिरिक्त मनसायपत्र तथा प्रस्तावसाथ पेश गर्नु पर्ने कागजात, लगानीकर्ताको
योग्यता, मनसायपत्र तथा प्रस्तावको मूल्याङ्कनका आधार लगायतका कुराहरु उल्लेख गर्नु
पर्नेछ ।