नियम
मनोनयनपत्र जाँच गर्ने<br>
(१) निर्वाचन अधिकृतले नियम ५ बमोजिम दर्ता भएको मनोनयनपत्र जाँच गर्दा नियम ८ बमोजिम कुनै उम्मेदवारको विरोधमा उजुरी परेको रहेछ भने सो सम्बन्धमा समेत आवश्यक जाँचबुझ गरी निर्णय गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम मनोनयनपत्रको जाँच गर्दा कुनै मनोनयनपत्र रीत नपुगेको देखिएमा त्यस्तो मनोनयनपत्र खारेज गर्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम मनोनयनपत्रको जाँच गर्दा कुनै व्यक्तिको एकभन्दा बढी मनोनयनपत्र दर्ता भएकोेमा त्यस्ता मनोनयनपत्रहरु रीतपूर्वक देखिएमा सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिलाई कुनै एउटा मनोनयनपत्र कायम गर्न लगाई अर्को मनोनयनपत्र खारेज गर्नु पर्नेछ । तर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएमा निर्वाचन अधिकृतले पहिले दर्ता भएको मनोनयनपत्र कायम गरी अर्को मनोनयनपत्र खारेज गर्नेछ ।