दफा २०
मनोनयनपत्र बदर हुने अवस्था
देहायको अवस्थामा मनोनयनपत्र बदर हुनेछः-
(क) संविधान र यस ऐन बमोजिम उम्मेदवारको योग्यता नभएमा,
(ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निज वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा,
(ग) दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा,
(घ) दफा १६ र १७ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा,
(ङ) यस ऐन बमोजिम अन्य रीत नपुगेको भएमा ।