नियम ३१
मन्त्रिपरिषद् समितिको गठन
(१) मन्त्रिपरिषद्समक्ष पेश भएका प्रस्तावहरुमध्ये मन्त्रिपरिषद्ले निर्देशन
गरेबमोजिमका प्रस्तावहरुमा मन्त्रिपरिषद्को तर्फबाट निर्णय लिने, मन्त्रिपरिषद्को कार्यसम्पादनमा सल्लाह र
सुझाव दिने र मन्त्रिपरिषद्लाई सहयोग गर्ने प्रयोजनको लागि देहायबमोजिमका मन्त्रिपरिषद् समिति रहने छन् ।
(क) राजनैतिक समिति
(ख) प्रशासन समिति
(ग) सामाजिक समिति
(घ) आर्थिक तथा पूर्वाधार समिति
(ङ) विधेयक समिति
(२) उपनियम (१) बमोजिमका मन्त्रिपरिषद् समितिमा मन्त्रिपरिषद्ले तोके बमोजिमका मन्त्रीहरु
सदस्यको रुपमा रहने छन् ।
(३) प्रधानमन्त्री वा मन्त्रिपरिषद्ले तोकेको मन्त्री मन्त्रिपरिषद् समितिको संयोजक हुनेछ ।
(४) मन्त्रिपरिषद् समितिको बैठकमा छलफल हुने विषयसँग सम्बन्धित मन्त्री त्यस्तो समितिको सदस्य
नभए पनि सो विषयको प्रयोजनको लागि निज स्वतः त्यस्तो समितिको सदस्य भएको मानिनेछ ।
(५) आवश्यकता अनुसार समितिको सदस्य नरहेको मन्त्री, राज्यमन्त्री वा सहायकमन्त्री, सम्बन्धित
विषयका विशेषज्ञ, सम्बन्धित मन्त्रालयका सचिव वा अन्य सम्बद्ध पदाधिकारीलाई मन्त्रिपरिषद् समितिको बैठकमा
आमन्त्रण गर्न सकिनेछ ।
(६) मन्त्रिपरिषद् समितिको बैठकमा प्रधानमन्त्री उपस्थित भएकोमा निजबाट र अन्य अवस्थामा
समितिका संयोजक मन्त्रीबाट बैठकको अध्यक्षता हुनेछ । समितिको संयोजक मन्त्रीको अनुपस्थितिमा बैठकको
अध्यक्षता बैठकमा उपस्थित मन्त्रीहरुमध्ये वरिष्ठ मन्त्रीले गर्नेछ ।
(७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुमध्ये मुख्यसचिवले तोकेको सचिवले
मन्त्रिपरिषद् समितिको बैठकमा उपस्थित भई निर्णयको अभिलेख तयार गरी प्रमाणित गर्नु पर्नेछ ।
तर राजनैतिक समितिको सचिव मन्त्रिपरिषद्को सचिव हुनेछ ।
(८) उपनियम (१) बमोजिमको समितिहरुको कार्य क्षेत्र अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।
(९) मन्त्रिपरिषद् समितिको अधिकार मन्त्रिपरिषद्बाट तोकिए बमोजिम हुनेछ ।
(१०) यस नियमावली बमोजिम मन्त्रिपरिषद्ले मन्त्रिपरिषद् समितिबाट निर्णय गर्ने भनी निर्णय गरेको
विषयमा मन्त्रिपरिषद् समितिले गरेको निर्णय मन्त्रिपरिषद्ले गरेको निर्णयसरह मानिनेछ ।
(११) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास प्रयोजनको लागि कुनै खास
कार्यक्षेत्र तोकी मन्त्रिपरिषद्ले छुट्टै मन्त्रिपरिषद् विशेष समिति गठन गर्न यस नियमले बाधा पु¥याएको मानिने
छैन ।
(१२) उपनियम (११) बमोजिम मन्त्रिपरिषद् विशेष समिति गठन भएकोमा त्यस्तो समितिको
कार्यक्षेत्रगत शर्तहरु (टर्मस अफ रिफरेन्स) त्यसरी गठन गर्दाका बखत मन्त्रिपरिषद्ले तोके बमोजिम हुनेछ ।