नियम २८
मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयन
(१) अनुसूची— १ मा लेखिएका विषयहरुमा मन्त्रिपरिषद्को निर्णय भएपछि
कार्यान्वयन हुनेछ ।

(२) मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भए वा नभएको सम्बन्धमा मन्त्रिपरिषद्को सचिवले अनुगमन
गर्न वा गराउन सक्नेछ र त्यसरी अनुगमन गर्दा वा गराउँदा निर्णय कार्यान्वयन भएको नदेखिएमा सो
कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय वा निकायको सचिवलाई निर्देशन दिई त्यसको जानकारी प्रधानमन्त्रीलाई
गराउनु पर्नेछ ।
(3) मन्त्रिपरिषद्बाट भएका निर्णयको कार्यान्वयन अवस्थाको अनुगमन अनलाइन प्रणालीमार्फत समेत गरिनेछ। प्रत्येक मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन अवस्थाको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेको अनलाइन प्रणालीमा नियमित रूपमा अद्यावधिक गर्नु पर्नेछ ।