नियम २४
मन्त्रिपरिषद्को बैठक
(१) प्रधानमन्त्रीको निर्देशनबमोजिम मन्त्रिपरिषद्को सचिवले मन्त्रिपरिषद्को
बोलाउनेछ र सोको सूचना क्याबिनेट स्वचालित प्रणाली, टेलिफोन वा एसएमएस मार्फत सम्प्रेषण गर्नेछ
(१क) प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फ्रेन्सिङ्ग लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्नेछ ।
(२) प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्नेछ ।
(३) प्रधानमन्त्रीले अनुमति दिएको अवस्थामा राज्यमन्त्री र सहायक मन्त्री समेत मन्त्रिपरिषद्को
बैठकमा उपस्थित हुन सक्नेछन् ।