नियम २१
मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने विषय
(१) अनुसूची — १ मा उल्लिखित विषयहरुको निर्णय गर्दा त्यस्ता विषय निर्णय
गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नु पर्नेछ ।
तर त्यस्ता विषयहरु मध्ये कुनै विषयमा नियम ३१ बमोजिम गठित समितिबाट निर्णय लिन सक्ने गरी
मन्त्रिपरिषद्ले जिम्मेवारी सुम्पन सक्नेछ ।
(२) कुनै एक मन्त्रालयले उपनियम (१) बमोजिम प्रस्तुत गर्नु पर्ने प्रस्तावको विषय अन्य मन्त्रालयसँग
पनि सम्बन्धित भएमा त्यस्तो मन्त्रालयको राय सहित पेश गर्नु पर्नेछ ।
(३) मन्त्रिपरिषद्मा प्रस्तुत भएको प्रस्तावका सम्बन्धमा मन्त्रिपरिषद्बाट मन्त्रिपरिषद् समितिको राय
माग भएमा सम्बन्धित मन्त्रिपरिषद् समितिको सिफारिस सहित मन्त्रिपरिषद्को निर्णयार्थ पेश गर्नु पर्नेछ ।
(४) प्रधानमन्त्रीले अन्यथा आदेश दिएकोमा बाहेक उपनियम (१) अन्तर्गतका विषयहरु मन्त्रिपरिषद्को
निर्णयको लागि पेश गर्दा अनुसुची–२ बमोजिमको ढाँचामा सम्बन्धित सचिवले प्रस्ताव पेश गर्नु पर्नेछ ।