नियम ३५
मन्त्रिपरिषद्मा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध
(१) मन्त्रिपरिषद्सम्बन्धी निर्णय तथा काम कारबाहीसँग सम्बन्धित कागजातहरु गोप्य रहने छन् ।
(२) उपनियम (१) मा उल्लिखित विषयहरुको जानकारी राख्न तथा प्रयोग गर्ने अधिकार पाएका पदाधिकारीले नेपाल सरकारको स्वीकृति बिना त्यस्ता विषयमा अधिकृत व्यक्तिलाई बाहेक अन्य कसैलाई कुनै किसिमले जानकारी दिन वा प्रकट गर्न हुंदैन ।
(३) क्याबिनेट स्वचालित प्रणालीको प्रयोग गर्ने मन्त्री, सचिव वा अन्य पदाधिकारीले त्यस्तो प्रणालीमा प्रविष्ट गरिएका: मन्त्रिपरिषद्का निर्णय र अन्य कागजात, सूचना तथा विवरण आफू पदमा रहँदा वा नरहँदासमेत गोप्य राख्नु पर्नेछ । त्यस्तो प्रणालीका प्रयोगकर्ताले आफू त्यस्तो जिम्मेवारीबाट मुक्त भएपछि आफूलाई प्राप्त भएको युजरनेम र पासवर्ड प्रयोग गरी सो प्रणालीमा पहुँच पुच्याउनु हुँदैन।