दफा
मन्त्रीको जिम्मेवारी
(१) संविधान तथा अन्य प्रचलित कानूनमा उल्लिखित जिम्मेवारीका साथै आपूले सम्हालेको मन्त्रालयबाट सम्पादन हुने कार्य सम्बन्धी नीतिगत विषय लगायत सम्पूर्ण आवश्यक कार्य समयमा नै सम्पादन गर्ने गराउनेसमग्र जिम्मेवारी सम्बन्धित मन्त्रीको हुनेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहूने गरी सम्बन्धित मन्त्रीलेआफ्नो मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ रत्यस्तो निर्देशनको समयभित्रै पालना गर्नु सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।