दफा २७
मरम्मत सम्भार

विद्युत उत्पादन केन्द्र, प्रसारण वा वितरण लाइन वा अन्य कुनै संरचनाको मरम्मत सम्भार गर्नका लागि वा अन्य कुनै कारणले विद्युतको आपूर्ति रोक्न पर्ने आवश्यकता परेमा अनुमतिपत्र प्राप्त व्यक्तिले सो कुराको जानकारी सर्वसाधारण जनतालाई कम्तीमा चौबीस घण्टा अगावै सार्वजनिक सूचनाद्वारा दिनु पर्नेछ ।

तर तत्काल मर्मत गर्नु पर्ने वा अन्य कुनै अवस्था परी विद्युत आपूर्ति रोक्न परेमा त्यस्तो कार्य गर्नु अगावै सोको जानकारी गराएर मर्मत सम्भार गर्न बाधा पर्ने छैन।