दफा
मर्मत गर्नको लागि वस्तुको अस्थायी पैठारी गर्ने
(१) कुनै वस्तु मर्मत गर्नको लागि अस्थायी पैठारी गर्नु परेमा सो वस्तु धनीले वस्तुको भएसम्मको नम्बर, साइज र स्पेसिफिकेसन समेतको पूरा विवरण प्रज्ञापनपत्रमा खुलाई भन्सार अधिकृत समक्ष पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम पज्ञापनपत्र प्राप्त हुन आएमा भन्सार अधिकृतले त्यस्तो वस्तुमा पैठारी गर्दा लाग्ने महसुल बापतको रकम नगद धरौटी लिई प्रज्ञापनपत्रमा छ महिनाभित्र मर्मत गरी फिर्ता लैजाने व्यहोरा /उल्लेख गर्न लगाई जाँचपास गर्न सक्नेछ।

(३) उपनियम (२) बमोजिम अस्थायी पैठारी भएको वस्तु पैठारी भएको मितिले छ महिनाभित्र मर्मत गरी निकासी गरेमा र मर्मत खर्च बापतको रकम भुक्तानी भएको प्रमाण पेस गरेमा वस्तु पैठारी गर्दा राखेको धरौटी फिर्ता दिइनेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र फिर्ता नलगेमा वा अस्थायी पैठारी गर्दा उल्लेख गरेको वस्तुको विवरणसँग निकासी गर्न ल्याएको वस्तुको विवरण भिडान नभएमा वा मर्मत खर्च बापतको रकम भुक्तानी गरेको प्रमाण पेस नभएमा त्यस्तो वस्तु र वस्तु पैठारी गर्दा राखेको धरौटी जफत गरिनेछ।

(५) हवाई सेवा सञ्चालन गर्ने गरी दर्ता भएको हवाई कम्पनीले हवाईजहाज वा हेलिकोप्टरको इञ्जिन मर्मत गर्नु पर्ने भई त्यस्तो इञ्जिन मर्मत गर्न लाग्ने अवधिको लागि विदेशबाट भाडामा इञ्जिन अस्थायी पैठारी गर्नु परेमा र लाग्ने भन्सार महसुल बराबरको बैङ्क जमानत भन्सार कार्यालयमा बुझाएमा भन्सार अधिकृतले बढीमा छ महिनासम्मको लागि अस्थायी पैठारी गर्न अनुमति दिन सक्नेछ। सो अवधिभित्र त्यस्तो इञ्जिन फिर्ता लगेमा बैह्क जमानत फुकुवा गरिनेछ र सो अवधिभित्र: फिर्ता नलगेमा नियमित पैठारी गरे सरह महसुल असुल गरिनेछ।

(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक नियोगले कुनै वस्तु मर्मत गर्न अस्थायी पैठारी गर्दा धरौटी नलिई सोको अभिलेख मात्र राखी ल्याउन रु फिर्ता लैजान दिइनेछ।