दफा ७
मर्मत गर्नको लागि वस्तुको अस्थायी निकासी गर्ने
(१) कुनै वस्तु मर्मतको लागि अस्थायी निकासी गर्दा त्यस्तो वस्तुको उपलब्ध भएसम्मको नम्बर, साइज र स्पेसिफिकेसन समेतको पूरा विवरण प्रज्ञापनपत्रमा भरी भन्सार अधिकृत समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रज्ञापनपत्र प्राप्त हुन आएमा भन्सार अधिकृतले त्यस्तो वस्तु हवाईजहाज वा हेलिकोप्टर वा तिनको इञ्जिन भएमा सम्बन्धित वायुसेवा कम्पनीको जमानीमा धरौटी नलिई र हवाईजहाज वा हेलिकप्टरको पार्टपुर्जा भएमा मूल्यको शून्य दशमलव पाँच प्रतिशत तथा अन्य वस्तु भएमा मूल्यको पाँच प्रतिशत नगद धरौटी लिई मर्मतको लागि लैजान दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम मर्मत गर्न अस्थायी निकासी गरेको वस्तु तीन महिनाभित्र फिर्ता ल्याउनु पर्नेछ र सो अवधिभित्र फिर्ता ल्याएमा मर्मत. गर्दा लागेको खर्च बमोजिमको मूल्य र पार्टपुर्जा फेरिएको भए सो बापतको मूल्यलाई भन्सार मूल्य मानी धरौटी राखेको रकमबाट सो मूल्यमा लाग्ने महसुल बापतको रकम कट्टा गरी बाँकी धरौटी फिर्ता दिइनेछ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र मर्मत गरी ल्याउने समय अपुग भएमा सो कुराको प्रमाण सहित भन्सार अधिकृत समक्ष निवेदन: दिनु पर्नेछ र भन्सार अधिकृतले मनासिब ठहराएमा एकै पटक वा पटक पटक गरी बढीमा छ महिना अवधि थप गर्न सक्नेछ।
(५) “यस . नियम बमोजिम मर्मतको लागि अस्थायी निकासी गरिएको वस्तु उपनियम (३) वा (४) बमोजिमको अवधिभित्र फिर्ता नल्याई सोभन्दा पछि फिर्ता ल्याएमा पहिले राखिएको धरौटी जफत गरी नयाँ वस्तु पैठारी गरे सरह महसुल असुल गरिनेछ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक नियोगले कुनै वस्तु मर्मत गर्न निकासी गर्दा धरौटी नलिई सोको अभिलेख मात्र राखी लैजान र फिर्ता ल्याउन दिइनेछ।