नियम ३३
महसुल तथा अन्य दस्तुर बुझाउनु पर्ने
(१) विद्युत सेवा उपभोग गरे वापत ऐनको दफा १७ अनुसार गठित महसुल निर्धारण आयोगले निर्धारण गरेको विद्युत महसुल तथा अन्य दस्तुर बुझाउनुु प्रत्येक ग्राहकको दायित्व हुनेछ ।
(२) उपनियम (१) बमोजिमको महसुल बुझाउनु पर्ने म्याद अनुमतिपत्र प्राप्त व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ । यसरी म्याद निर्धारण गर्दा निर्धारित समय भन्दा अगाडि महसुल बुझाउने ग्राहकले पाउन सक्ने छुट र निर्धारित समय भित्र महसुल नबुझाउने ग्राहकले तिर्नुपर्ने
अतिरिक्त महसुल दर समेत स्पष्ट रुपमा खुलाई दिनु पर्नेछ ।