दफा १३
महसुल निर्धारण गर्ने तथा विद्युत खरिद बिक्रीको नियमन गर्ने
: (१) आयोगले महसुल निर्धारण गर्ने तथा विद्युत खरिद बिक्रीको नियमन गर्ने सम्बन्धमा देहाय बमोजिमको कार्य गर्नेछ ः-
(क) सञ्चालन खर्च, ह्रासकट्टी दर, सावाँ व्याजको भुक्तानी, मर्मत सम्भार खर्च, विद्युत संरचनाको निर्माण, पुनर्निर्माण, पुनस्र्थापना तथा शेयर लगानी बापत वार्षिक रूपमा प्राप्त हुने प्रतिफल लगायत विद्युत खरिद सम्झौता समेतलाई विचार गरी विद्युत महसुल दर निर्धारणका शर्त तथा आधार निर्धारण गरी त्यसको आधारमा उपभोक्ताले बुझाउनु पर्ने महसुल निर्धारण गर्ने ।
(ख) विद्युत खरिद बिक्रीकोथोक बजार स्थापना नभएसम्म वितरण अनुमतिपत्र प्राप्त व्यक्ति र उत्पादन अनुमतिपत्र प्राप्त व्यक्ति वा व्यापार अनुमतिपत्र प्राप्त व्यक्ति वा प्रचलित कानून बमोजिम नेपाल सरकारले स्थापना गरेको सङ्गठित संस्थाबीच हुने विद्युत खरिद बिक्री दर र प्रक्रिया निर्धारण गर्ने ।
(ग) उत्पादित विद्युत खरिद बिक्री गर्न अनुमतिपत्र प्राप्त व्यक्तिहरूबीच विद्युत खरिद सम्झौता गर्न सहमति दिने ।
(घ) विद्युत मूल्यको लागत न्यूनतम बनाउन आवश्यक उपायको पहिचान गरी लागू गराउने ।
(ङ) प्रसारण तथा वितरण दस्तुर (व्हिलिङ चार्ज) निर्धारण गर्ने ।
(च) विशेष परिस्थितिमा विद्युत सेवासँग सम्बन्धित विषयमा निश्चित समयको लागि विद्युत महसुलमा अतिरिक्त महसुल (सरचार्ज) निर्धारण गर्ने ।
(२) आयोगले उपदफा (१) बमोजिम महसुल निर्धारण सम्पूर्ण कागजात प्राप्त भएको मितिले
साठी दिनभित्र गरिसक्नु पर्नेछ ।
(३) आयोगले उपदफा (१) बमोजिम महसुल निर्धारण गरेपछि राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम महसुल निर्धारण भएको मितिले एक वर्षभित्र पुन विद्युत महसुल निर्धारण गरिने छैन ।