दफा १०
महाप्रबन्धक वा सञ्चालकको पदत्याग र बीच बीचमा खालि हुने पदहरूको पूर्ति
: (१) महाप्रबन्धक वा कुनै सञ्चालकले नेपाल सरकारलाई लिखित सूचना दिई आफ्नो पदबाट राजीनामा दिन सक्नेछ र राजीनामा स्वीकृत भएपछि निजले पदत्याग गरेको मानिनेछ ।
(२) महाप्रबन्धक वा कुनै सञ्चालकको पद अवधि समाप्त हुनु अगावै कुनै कारणले बीचमा खाली हुन आएमा मनोनयन वा अर्को नियुक्तिद्वारा सो स्थानको पूर्ति गरिनेछ । तर यसरी नियुक्ति भएको व्यक्ति आफ्नो साविकवालाको बांकी अवधिसम्म मात्र सो पदमा बहाल रहनेछ ।
(३) समितिमा कुनै सञ्चालकको स्थान रिक्त भई वा समितिको गठनमा कुनै त्रुटि भई काम कारवाही भएको रहेछ भने तापनि सोही कारणले मात्र त्यस्तो कारणलाई बदर हुन सक्दैन ।