दफा २३
मापदण्ड तोक्न सक्ने
(१) परिषद्ले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी शिक्षण संस्थाले शैक्षिक कार्यक्रम सञ्चालन गर्दा पूरा गर्नु पर्ने शर्त तथा मापदण्ड तोक्न सक्नेछ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी शिक्षण संस्थाले उपदफा (१) बमोजिम शर्त तथा मापदण्ड तोकिएको छ महिनाभित्र त्यस्तो शर्त तथा मापदण्ड पूरा गरिसक्नु पर्नेछ ।
(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम नेपाल पशु चिकित्सा परिषद्मा दर्ता हुने शैक्षिक योग्यता प्रदान गर्ने शिक्षण संस्थाहरूको पाठ्यक्रम, भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गरी त्यस्ता संस्थाहरूले प्रदान गर्ने उपाधि तथा प्रमाणपत्र सम्बन्धी विषय सोही कानून बमोजिम हुनेछ।
(४) उपदफा (२) बमोजिम तोकिएको समयभित्र मापदण्ड पूरा नगरेमा वा मापदण्डको बर्खिलाप गरेको पाइएमा त्यस्तो शिक्षण संस्थाको स्वीकृति रद्दको लागी परिषद्ले सम्बन्धित निकाय समक्ष सिफारिस गर्न सक्नेछ ।