क्रमशः १०
मालवस्तुको हवाई भाडा सम्बन्धमा:
(१) हवाईमार्गबाट व्यापारिक रूपमा पैठारी गरिने मालवस्तुको भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (३) बमोजिम: भन्सार कार्यालयमा मूल्य घोषणा गर्दा पैठारीकर्ताले मालवस्तुको मूल्य, भाडा तथा बीमा रकम ढुट्वाछुट्टै घोषणा गर्नु पर्नेछ ।« पैठारीकर्ताले घोषणा गरेको भाडा रकम र एयर वे बिलमा उल्लिखित भाडा रकम मध्ये जुन बढी हुन्छ सोही भाडा रकमलाई समावेश गरी मूल्य निर्धारण गरिनेछ। एयर वे बिलमा भाडा रकम उल्लैंख नभएको र पैठारीकर्ताले घोषणा गरेको भाडा रकम वास्तविक भाडा रकम भन्दा कम भएमा भन्सार अधिकृतले उक्त मालवस्तु हवाईमार्गबाट पैठारी गर्दा लाग्न सक्ने अनुमानित भाडा रकम समेत समायोजन गरी मूल्य निर्धारण गर्नु पर्नेछ। हबाईमार्गबाट मालवस्तु पैठारी गर्दा लाग्ने भाडा रकमको जानकारी भन्सारु अधिकृतले सम्बन्धित हवाई सेवाबाट लिन सक्नेछ। त्यसरी भन्सार अधिकृतले मालवस्तुमा लागेको वा लाग्न सक्ने भाडा रकमको जानकारी मागेको बखत त्यस्तो जानकारी वा विवरण उपलब्ध गराउनु सम्बन्धित हवाई सेवा प्रदायकको कर्तव्य हुनेछ। तर एयर वे बिलमा उल्लिखित भाडा रकम :र सम्बन्धित हवाई सेवा प्रदायकले वास्तविक रूपमा असुल गरेको भाडा रकम फरक भएमा सम्बन्धित हवाई सेवाले वास्तविक भाडा रकम असुल गरी जारी गरेको नगदी रसिदलाई मान्यता दिन सकिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महानिर्देशकले हवाई भाडा तोकेकोमा सोही बमोजिम हुनेछ।