नियम ४९
मालसामान खरिद सम्बन्धी पेश्की
(१) बिक्रेताबाट सोझै मालसामान खरिद गर्न नसकिने भई त्यस्तो मालसामान खरिद गर्न आफ्नो कार्यालयको कर्मचारीलाई पेश्की दिई पठाउनु पर्ने भएमा अधिकारप्राप्त अधिकारीले कारण उल्लेख गरी पेश्की दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम मालसामान खरिद गर्न पेश्की रकम बुझिलिने कर्मचारीले मालसामान खरिद गरी कार्यालयमा फर्केको एक्काईस दिनभित्र सो पेश्की रकम फस्यौंट गर्न मालसामानसहित बिल, भरपाई पेश गर्नु पर्नेछ।
(३) यस नियम बमोजिम कर्मचारीलाई पेश्की दिँदा सामान्यतया कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखलाई दिनु हुँदैन।