दफा ५१
मालसामान र सेवाहरूको खरिद
: (१) नेपाली मालसामान र सेवाहरू आयातीत विदेशी मालसामान र सेवाहरूको तुलनामा गुण, परिमाण, मूल्य तथा प्राप्तिमा प्रतिस्पर्धात्मक भएमा ठेकेदारले नेपाली मालसामान र सेवाहरू खरिद गर्नेछ ।
(२) नेपाली मालसामान र सेवाहरू आयातीत विदेशी मालसामान र सेवाहरूको तुलनामा प्रतिस्पर्धात्मक नभएमा ठेकेदारले विभागको स्वीकृति लिई पेट्रोलियम कार्य सञ्चालनको लागि आवश्यक पर्ने सबै मालसामान र सेवाहरू आयात गर्न पाउनेछ ।