दफा १९३
मिलापत्र गर्न मौका दिनु पर्ने

(१) पक्षहरूले अदालतमा विचाराधीन रहेको मुद्दा जुनसुकै तहमा पनि मिलापत्र गर्न चाहेमा सोही व्यहोरा उल्लेख गरीअदालतमा संयुक्त निवेदन दिन सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम मिलापत्रको लागि निवेदन दिएमा अदालतले त्यस्तो निवेदनको व्यहोरा, त्यसको मतलब र परिणामसम्बन्धित पक्षहरूलाई सुनाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सुनाउँदा पनि मुद्दाका पक्षहरूले मिलापत्र गर्न मञ्जुर गरेमा अदालतले मिलापत्रको तीन प्रतिमस्यौदा तयार गराउनेछ ।
(४) उपदफा (३) बमोजिम तयार भएको मिलापत्रको व्यहोरा पक्षहरूलाई सुनाउँदा पक्षहरू मिलापत्र गर्न सहमति भएमात्यस्तो मिलापत्रको कागजमा दुवै पक्षहरूको सहीछाप गराई न्यायाधीशले आफ्नो रोहबरमा सो मिलापत्र भएको व्यहोराप्रमाणीकरण गरी एक प्रति सम्बन्धित मिसिलमा राखी बादी र प्रतिबादीलाई एक एक प्रति दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम मिलापत्र भएकोमा मिलापत्र बमोजिमको काम नभएको भन्ने विषयमा बाहेक मिलापत्रमा चित्त बुझेनभनी उजुर लाग्ने छैन ।
(६) उपदफा (४) बमोजिम मिलापत्र भएकोमा त्यसको परिणाम स्वरुप मिलापत्र बमोजिम दाखिला खारेज, नामसारी, दर्ता,रजिष्ट्रेशन वा अचल सम्पत्तिको कित्ताकाट गर्नु पर्ने रहेछ भने मिलापत्र गराउने अदालतले मिलापत्र भएको तीनदिनभित्र मिलापत्र बमोजिमको काम गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम लेखी आएमा सम्बन्धित कार्यालयले तीन दिनभित्र कार्यान्वयन गर्नु पर्नेछ ।