दफा २३४
मिलापत्र वा मेलमिलाप गर्न मौका दिनु पर्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरूले मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसलाकोकार्यान्वयन गर्न चाहेमा सोही व्यहोरा उल्लेख गरी अदालतमा संयुक्त निवेदन दिन सक्नेछन्।तर सरकारी बिगो असुल गर्ने विषयमा मिलापत्र वा मेलमिलाप गर्न निवेदन दिन सकिने छैन ।
(२) उपदफा (१) बमोजिम मिलापत्र वा मेलमिलापको लागि पक्षहरूबाट निवेदन प्राप्त भएमा अदालतले मनासिब अवधि तोकीपक्षहरूलाई मिलापत्र वा मेलमिलापको माध्यमद्वारा फैसला कार्यान्वयन गर्न अवसर दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दिइएको अवधिभित्र पक्षहरू मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसला कार्यान्वयन गर्न सहमतिभएमासम्बन्धित अदालत वा अदालतका तहसिलदारको जिम्मेवारी सम्हालेका अधिकृतले कानून बमोजिम पक्षहरू बीच मिलापत्रगराईदिनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिमको अवधिभित्र पक्षहरू मिलापत्र वा मेलमिलापको माध्यमबाट फैसला कार्यान्वयन गर्न सहमत नभएमाअदालतले यस परिच्छेद बमोजिमको प्रक्रिया अवलम्बन गरी फैसला कार्यान्वयन गर्नु पर्नेछ ।