नियम २३
मिलापत्र हुन सक्ने
(१) अदालत समक्ष परेको कुनै मुद्दामा वादी प्रतिवादीले वादीले आफ्नो दावी फिर्ता लिएको वा प्रतिवादीले आफूले वहन गर्नु पर्न दायित्व वहन गर्ने गरी आपसी सहमतिमा मिलापत्र गर्न चाहेको कुरा जनाई अदालत समक्ष लिखित अनुरोध गरेमा मुद्दा जुनसुकै अवस्थामा पुगेमा भए पनि अदालतले मिलापत्र गराई दिनेछ ।
(२) उपनियम (१) बमोजिम मिलापत्र गर्दा कुनै किसिमको दस्तुर वा बक्सौनी लाग्ने छैन ।