दफा २४७
मिलापत्रको कार्यान्वयन

(१) सरकारी निकायबाट कुनै काम गर्नु, गराउनु पर्ने गरी कुनै मिलापत्र भएकोमा अदालतले मिलापत्र भएको तीन दिनभित्रमिलापत्र बमोजिमको काम गरिदिन सम्बन्धित कार्यालयलाई लेखी पठाउनु पर्नेछ ।
(२) एक जनाभन्दा बढी बादी वा प्रतिबादी भएको मुद्दामा मिलापत्र बमोजिम गराउन सबै उपस्थित नभएपनि उपदफा (१)बमोजिमकोम्याद नाघेपछि मिलापत्र कार्यान्वयन गरिनेछ । त्यसरी मिलापत्र कार्यान्वयन गर्दा अदालतले मिलापत्र बमोजिमगराउननआउने व्यक्तिको हितको पनि संरक्षण गर्नु पर्नेछ ।