दफा १३
मिसावट गरी मासु बिक्री गर्न नहुने
(१) एक जातको पशुको मासुलाई अर्को जातको पशुको
मासु हो भनी वा एक जातको पशुको मासु र अर्को जातको पशुको मासु मिसावट गरी बिक्री
गर्न पाइने छैन ।
(२) मासुको स्वाभाविक गुण वा स्वाद परिवर्तन गर्ने वा तौल बढाउने गरी कुनै पदार्थ
मासुमा मिसाई बिक्री गर्न पाइने छैन ।