नियम २४
मिसिल कागजपत्र निरीक्षण गर्न लिने कार्यविधि
मुद्दाको पक्ष, वारिस वा पक्षको तर्फबाट नियुक्ति भएको कानून व्यवसायीले मुद्दासम्बन्धी मिसिल कागजपत्रको निरीक्षण गर्न चाहेमा निवेदन दिनु पर्छ र निरीक्षण गर्न अनुमती भएपछि निरीक्षण गर्न दिने कर्तव्य भएका कर्मचारीले सोही दिन सम्बन्धित मिसिल कागजपत्र खोजी निरीक्षणको लागि उपलब्ध गराउनुपर्छ सो मिसिल कागजपत्र न्यायाधिकरणमा पेश भई रहेको वा सोही दिन पेसी हुने भई राखेको भए पेसी भईसकेपछि तुरुन्त उपलब्ध गराउनु पर्छ । निरीक्षण गर्नेले देहायका रीत पुप्याई निरीक्षण गर्नु पर्छः–
(१) अनुमतिको आदेश भएको ७ दिनभित्र निरीक्षण गर्नुपर्छ ।
(२) निरीक्षण गर्दा मनासिब माफिक भन्दा बढी समय लगाउनु हुँदैन ।
(३) मिसिल कागजपत्रको कुनै पानामा चिन्ह लगाउनु, फाेहर गर्नु, च्यात्नु, झिक्नु वा तोडमोड गर्नु हुँदैन ।
(४) न्यायाधिकरणको कर्मचारीको रोहबरमा निरीक्षण गर्नु पर्छ ।
(५) मिसिलको कागजपत्रको मोटामोटी विवरण बाहेक नक्कल वा बुँदाहरु सार्न, उल्था गर्न वा अघि सारेकासँग भिडाउनु हुँदैन ।