नियम ३
मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मुख्य निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) निर्वाचनको लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको लागि जिल्ला निर्वाचन कार्यालयबाट ऐनको दफा १० को उपदफा (२) बमोजिमका कर्मचारी तथा शिक्षकको विवरण माग गर्ने,
(ख) खण्ड (क) बमोजिम विवरण प्राप्त भएपछि जिल्लाभित्रका निर्वाचन अधिकृतसँग समन्वय गरी जिल्लाभरका मतदान केन्द्रका लागि आवश्यक पर्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीको नियुक्ति र खटन–पटन गरी सोको विवरण सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउने,
(ख१) आयोगबाट प्राप्त मतपत्र बुझी सम्बन्धित मतदान अधिकृतलाई बुझाउने,
(ख२) मतदानको दिन आवश्यक संख्यामा घुम्ती टोली खटाई मतदान केन्द्रमा मतदान कार्यको अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने वा गराउने,
(ख३) जिल्ला भित्रमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको महिला तथा दलित वा अल्पसङ्ख्यक सदस्यको निर्वाचनको लागि मतपत्रको व्यवस्था मिलाउने,
(ग) निर्वाचन सम्पन्न भए पछि जिल्लाभित्रका निर्वाचन अधिकृतहरुबाट प्राप्त प्रतिवेदनको आधारमा एकमुष्ट प्रतिवेदन तयार गरी आयोग समक्ष पेश गर्ने,
(घ) जिल्लाभित्रका निर्वाचन सम्बन्धी कामको सुपरिवेक्षण र समन्वयको लागि आयोगले तोके बमोजिमका अन्य काम गर्ने ।