नियम ३६
मुद्दा छिन्नु पर्ने अवधि
(१) प्रतिवादीको बयान भएकोमा सो भएको मितिले र
प्रतिवादीको बयान नभएकोमा सो हुने म्याद समेत भुक्तान भएको मितिले नब्बे
दिनभित्र मुद्दाको किनारा गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो समय अगाडि
नै मुद्दा किनारा गर्न अंग पुगिसकेको भए सो मितिले तीन दिनभित्र मुद्दाको फैसला
गरी सक्नु पर्नेछ ।