दफा २९
मुद्दा दायर गर्ने सम्बन्धी व्यवस्था मुद्दा दायर गर्ने सम्बन्धी व्यवस्था
(१) मानव अधिकारको गम्भीर उल्लङ्घनको आरोपमा दोषी देखिएको पीडक उपर मुद्दा चलाउन आयोगबाट नेपाल सरकार समक्ष सिफारिस भएमा मन्त्रालयले त्यस्तो पीडक उपर मुद्दा चलाउन महान्यायाधिवक्ता समक्ष लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मन्त्रालयबाट मुद्दा चलाउन लेखी आएमा महान्यायाधिवक्ता वा निजले तोकेको सरकारी वकीलले त्यस्तो पीडक उपर मुद्दा चल्ने वा नचल्ने सम्बन्धमा निर्णय गर्नेछ ।
(३) उपदफा (२) बमोजिम महान्यायाधिवक्ता वा सरकारी वकीलले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्दा त्यसको आधार र कारण खुलाउनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम पीडक उपर मुद्दा चलाउने निर्णय भएमा सम्बन्धित सरकारी वकीलले विशेष अदालतमा मुद्दा चलाउनु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विशेष अदालत” भन्नाले आयोगको सिफारिसका आधारमा महान्यायाधिवक्ता वा निजले तोकेको सरकारी वकिलले उपदफा (
२) बमोजिम कुनै पीडक उपर मुद्दा चलाउने गरी निर्णय गरेको मुद्दाको कारवाही र किनारा गर्न नेपाल सरकारले कानून बमोजिम गठन गरेको विशेष अदालत सम्झनु पर्छ ।