दफा
मुद्दा सर्ने
: (१) विकास क्षेत्रको जग्गाको सम्बन्धमा सर्वोच्च अदालत वा आय र कर अदालत बाहेक अन्य अड्डा अदालतमा छिन्न बाँकी रहेका दायरी मुद्दाहरू यो ऐन प्रारम्भ भएपछि गठन भएको कमिशनमा सर्नेछन् ।
(२) कमिशन विघटन भएमा कमिशनमा रहेका छिन्न बाँकी मुद्दाहरू जिल्ला अदालतमा सर्नेछन् र सो अदालतबाट यसै ऐन अन्तर्गत कारवाई किनारा हुनेछ ।