नियम २२
मुद्दा हेर्न नरोकिने
(१) दैनिक पेशी सूचीमा चढेको कुनै पनि मुद्दा तारेख गुजारी
थाम्न पाउने म्याद बा“की भएको भन्ने समेत कुनै कारणले सो सूचीबाट हटाइने छैन ।
न्यायाधिकरणबाट खोजेका वखत पक्ष वा निजको वारेस वा कानून व्यवसायी हाजिर
नभए पनि मुद्दा स्थगित हुने छैन । ठहरे बमोजिम फैसला हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाको सुनुवाई
प्रारम्भ हुनुभन्दा पहिले आफ्नो काबुभन्दा वाहिरको परिस्थितिले गर्दा
न्यायाधिकरणमा उपस्थित हुन नसक्ने कुनै मनासिव कारण देखाई न्यायाधिकरण
समक्ष मुद्दाको पक्ष वा कानून व्यवसायीले इजलास बस्नु पूर्व निवेदनपत्र दिएमा
न्यायाधिकरणले बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाई स्थगित गर्न सक्नेछ ।
साप्ताहिक पेशी सूचीमा चढेको मुद्दा हटाउन निवेदन परेमा उक्त मुद्दा दैनिक पेशी
सूचीमा समावेश हुने छैन ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायाधिकरणबाट
प्राथमिकता दिई हेर्न आदेश भएको मुद्दा, एकै पक्षको एक भन्दा बढी कानून
व्यवसायी रहेको मुद्दा, हेर्दा हेर्दैको मुद्दा, दुई पटक पेशी स्थगित भई सकेको मुद्दा र
प्रचलित कानून बमोजिम मुद्दा फैसला गर्नु पर्ने समयावधि नाघेका मुद्दाको सुनुवाई
स्थगित हुने छैन ।