दफा ३४
मुद्दा हेर्ने अधिकारी
(१) यस ऐन अन्तर्गत दायर हुने मुद्दा हेर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अदालतलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको अदालतले यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्दा विशेष अदालत सम्बन्धी प्रचलित कानुनबमोजिमको कार्यविधि र अधिकार प्रयोग गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको अदालतबाट भएको निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(४) भ्रष्टाचारको आरोपमा यस ऐन अन्तर्गत चलेको मुद्दामा नेपाल सरकार वादी हुनेछ ।