दफा ३१
मुद्दा हेर्ने अधिकारी
: (१) यस ऐनको दफा २६ को शर उपदफा (१). ९१क) र (२) अन्तर्गत कसूर हुने मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस ऐन अन्तर्गतको अन्य मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार तोकिएको अधिकारीलाई हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम जिल्ला अदालत र तोकिएको अधिकारीले यस ऐन अन्तर्गतका मुद्दाको कारबाही र किनारा गर्दा विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम भएको निर्णय उपर पैंतीस दिनभित्र पुनरावेदन दिन सकिनेछ र तोकिएको अधिकारीले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।