दफा १०
मुद्दा हेर्ने

दफा ९ को उपदफा (१) बमोजिमको मुद्दाको शुरु कारबाही र किनारा गर्ने
अधिकार नेपाल पानी जहाज कार्यालयको रजिष्ट्रार र सोहि दफाको उपदफा (२) बमोजिमको
मुद्दाको शुरु कारबाहि र किनारा गर्ने अधिकार नेपाल सरकारले तोकेको जिल्ला अदालतलाई हुनेछ

(२) उपदफा (१) बमोजिम कारवाही र किनारा गर्दा रजिष्ट्रारले प्रचलित नेपाल कानून
बमोजिम जिल्ला अदालतलाई प्राप्त सबै अधिकार प्रयोग गर्नेछ र सो अदालतको कार्यविधि
अपनाउने छ ।

(३) रजिष्ट्रारले आवश्यक सम्झेमा आफैं वा अन्य अधिकृत खटाई नेपाल
……..बाहिर
पनि आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम रजिष्ट्रारले गरेको निर्णय उपर चित्त नबुझ्नेले ३५ दिन भित्र
नेपाल सरकारले तोकेको जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।