दफा २३
मुद्दा हेर्ने
(१) यस ऐन अन्तर्गतको दफा २१ को उपदफा (१) को खण्ड (घ) बाहेकको अन्य मुद्वाको कारबाही र किनारा सम्बन्धित स्थानीय तहको न्यायिक समितिले गर्नेछ।
(२) न्यायिक समितिले उपदफा (१) बमोजिमको मुद्दा दर्ता भएको मितिले एक सय बीस दिनभित्र कारबाही र किनारा गर्नु पर्नेछ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २१ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसूर सम्बन्धी उजूर परेमा त्यस्तो उजूरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ।