दफा २७५
मुद्दाका पक्षसँग जहिलेसुकै सोध्न सक्ने

(१) न्यायाधीशले मुद्दाको फैसला हुनुअघि मुद्दाको पक्षसँग मुद्दाको कुनै विषयमा जहिलेसुकै पनि आदेश दिई सोध्नसक्नेछ ।
(२) उपदफा (१) बमोजिम सोधी सम्बन्धित मुद्दाका पक्षले दिएको जवाफ मिसिलमा संलग्न गर्नु पर्नेछ ।