दफा १७
मुद्दाको कारबाही र किनार गर्नुपर्ने अवधि
न्यायाधिकरणले प्रतिउत्तरपत्र दखिला भएकोमा सो दाखिला भएको मितिले र प्रतिउत्तरपत्र दाखिल नभएकोमा सो दाखिल गर्नु पर्ने म्याद भुक्तान भएको मितिले एक सय पचास दिनभित्र यस ऐन बमोजिम परेको मुद्दामा अन्तिम कारबाही र किनारा गरिसक्नु पर्नेछ ।
तर दफा १५ को उपदफा (३) बमोजिम गुज्रेको म्याद थमाउन पाउने म्याद भुक्तान नभई मुद्दाको अन्तिम कारबाही र किनारा गर्न हुँदैन ।