दफा ३०
मुद्दाको तहकिकात र दायरी
: (१) यस ऐन अन्तर्गतको कसूरको तहकिकात रेञ्जर वा वन र वन्यजन्तु व्यवस्थासित सम्बन्धित सुवेदार दर्जासम्मका कर्मचारी वा कम्तीमा राजपत्रअनद्ित प्रथम श्रेणीका कर्मचारीले वा प्रहरीमा कम्तीमा नायव निरीक्षक दर्जासम्मको कर्मचारीले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि राष्ट्रिय निकुञ्ज कार्यालय वा आरक्ष कार्यालय वा बन्यजन्तु संरक्षण कार्यालय वा वन कार्यालय वा वन सम्बन्धी कार्य गर्ने अन्य कार्यालयको नामबाट मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा सम्बन्धित अधिकृतले सरकारी वकीलसित राय सल्लाह लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा सम्बन्धित अधिकृतले सरकारी वकीलसित राय सल्लाह लिन सक्नेछ ।