दफा २७९
मुद्रण वा गणितीय त्रुटिले असर नगर्ने

(१) मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा यस संहिता बमोजिमको कार्यविधि अवलम्बन गर्ने सम्बन्धमा कुनै किसिमका साना तिनात्रुटि वा छुट भएकोमा वा कुनै लिखत तयार गर्दा लेखाई, छपाई वा मुद्रणमा गणितीय वा अन्य कुनै साना तिनात्रुटि वा छुट हुन गएको कारणले मात्र त्यससँग सम्बन्धित सम्पूर्ण काम, कारबाही गैरकानूनी भएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिम मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा वा लिखत तयार गर्दा लेखाई, छपाई वा मुद्रणमागणितीय वा अन्य सानातिना त्रुटि वा छुट हुन गएमा न्यायाधीशले इन्साफमा फरक नपर्ने गरी कारण सहितको छुट्टैपर्चा खडा गरी त्यस्तो भुल वा त्रुटि सच्याउन सक्नेछ ।