दफा १०
मूल ऐनको दफा १२ मा संशोधनः
मूल ऐनकोदफा१२ मा रहेका “(म्युचयल फण्ड) सञ्चालन गर्ने कम्पनी” भन्ने शब्दहरु पछि “वा धित्तोपत्रको खरिद बिक्री गर्ने वा लगानीमात्र गर्ने मूल उद्देश्य भएको कम्पनी”थपिएका छन्र “हाल दर्ता भएका प्राइभेटकम्पनीहरुले” भन्ने शब्दहरुको सट्टा “सम्वत्२०७४ साल बैशाख १८ गते भन्दा अघि नै दर्ता भइ सकेकादुरसंचार सेवा प्रदायक कम्पनीहरुले सम्वत्२०७६ साल बैशाख १८ गतेभित्र र लगानी मात्र गर्ने मूल उद्देश्य भएको कम्पनीले यो संशोधन प्रारम्भ भएको”भन्ने शब्दहरु राखिएका छन्।