मूल ऐनको दफा १९ को,–
(१) उपदफा (१) मा रहेका “एघारौं तहमा कम्तीमा पाँच बर्ष काम गरेको वा बाह्रौ
तहमा कार्यरत कर्मचारी” भन्ने शब्दहरुको सट्टा“बाह्रांै तहमा कार्यरत वा एघारौं
तहमा कम्तीमा पाँच बर्ष काम गरेको कर्मचारी जेष्ठता तथा कार्यसम्पादन
मूल्याङ्कनको आधारमा” भन्ने शब्दहरु राखिएका छन् ।
(२) उपदफा (१) पछि देहायका उपदफा (१क) र (१ख) थपिएका छन् ः–
“(१क) उपदफा (१) बमोजिम सचिव पदमा नियुक्ति हुनको लागि नेपाल
सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालीम उत्तीर्ण गरेको हुनु पर्नेछ ।
(१ख) सचिवको नियुक्ति देहाय बमोजिमको बढुवा समितिको सिफारिसमा नेपाल सरकारले गर्नेछ ः–
(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य –अध्यक्ष
(ख) लोक सेवा आयोगको अध्यक्षले
तोकेको लोक सेवा आयोगको सदस्य –सदस्य
(ग) मुख्य सचिव –सदस्य
(घ) लोक सेवा आयोगद्वारा मनोनीत सम्बन्धित बिषयका विशेषज्ञ –सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव –सदस्य– सचिव”