मूल ऐनको दफा ४२को,–
(१)उपदफा (२) मा रहेका “शेयरको माग” भन्ने शब्दहरुको सट्टा “निजले तत्काल चुक्ता गर्न कबूल गरेको शेयरको” भन्ने शब्दहरु राखिएका छन्।
(२)उपदफा (२) पछि देहायको उपदफा (२क), (२ख), (२ग), (२घ), (२ङ), (२च)र (२छ)थपिएकाछन्ः–“(२क) कुनै कम्पनीको संस्थापकको नाममा रहेको शेयर बिक्रीगर्दा कम्पनीमा तत्काल कायम रहेका अन्य संस्थापक र शेयरधनीहरुको पहिलो हक हुनेछ र त्यस्तो शेयर अन्य संस्थापक र शेयर धनीले शेयर खरिद नगरेमा मात्र अन्यव्यक्तिलाई बिक्रीगर्न सकिनेछ ।
(२ख) कुनै प्राइभेट कम्पनीको शेयर वासूचिकृत नभएकोकुनै पब्लिक कम्पनीको संस्थापक शेयर विक्री गर्ने शेयर धनीले त्यस्तो शेयरको विक्री मूल्य उल्लेख गरी शेयर विक्रीको स्वीकृतीको लागि संचालक समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२ग) उपदफा (२ख) बमोजिम निवेदन दिएमा संचालक समितिले निवेदन दिएको दुई महिनाभित्र त्यस सम्बन्धमा उपयुक्त निर्णय गर्नु पर्नेछ ।
(२घ) उपदफा (२ग) बमोजिम निर्णय गर्दा त्यस्तोशेयर खरिद गर्नका लागि कम्पनीको संस्थापक शेयर भए अन्य संस्थापक शेयरधनी र अन्य शेयर भए सबै शेयरधनीहरुलाई सूचना दिनु पर्नेछ ।
(२ङ) उपदफा (२घ) बमोजिमको सूचना बमोजिमशेयर खरिद गर्न निवेदन परेमा पहिले निवेदन गर्ने निवेदकले शेयर खरिद गर्न प्राथमिकता पाउनेछ र एकैदिन निवेदन परेकोमा समान संख्यामा शेयर खरिद गर्न सक्नेछ ।
(२च) उपदफा (२क), (२ख), (२ग),(२घ)र (२ङ)मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राइभेट कम्पनीको तत्काल कायम रहेकाशेयरधनीहरु बीचआपसी समझदारीको आधारमा शेयर बिक्री गर्न कुनै बाधा पर्ने छैन ।
(२छ) उपदफा (२ङ) वा (२च) बमोजिम कम्पनीको तत्काल कायमरहेकोे शेयर धनीले शेयर खरिद नगरेमा अन्य व्यक्तिलाई त्यस्तो शेयर विक्री गर्न सकिनेछ ।”