दफा ३२
मूल ऐनको दफा ५६ मा संशोधनः

मूल ऐनको दफा ५६ को,–

(१)उपदफा (११) मा रहेका “सो म्यादभित्र त्यस्ता शेयर धनीहरुले शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई विक्री वा हस्तान्तरण नगरेमा कम्पनीको संचालक समितिले निर्णयगरे बमोजिम त्यस्तो शेयर अन्यकुनै किसिमबाट विक्री गर्न सकिने छ” भन्ने शब्दहरु झिकिएका छन्।

(२)उपदफा (११) पछि देहायको उपदफा (१२)र (१३) थपिएकाछन्ः–“(१२) उपदफा (११) बमोजिमको म्यादभित्र तत्काल कायम रहेको शेयर धनीहरुले खरिद नगरेको शेयर यो ऐन र नियमावलीको अधीनमा रही संचालक समितिले मनासिव ठह¥याएको किसिमबाट विक्री गर्न सक्नेछ ।(१३) उपदफा (१२) बमोजिम शेयर बिक्री गर्दा सो शेयर खरिद गर्ने तत्काल कायम रहेका शेयर धनीहरुको पहिलो हक हुनेछ ।”