दफा ३३
मूल ऐनको दफा ६३ मा संशोधनः

मूल ऐनको दफा ६३ को,–(१)उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छः–

“(२क) उपदफा (२) बमोजिमको प्रयोजनका लागिदेहायको विवरणको प्रमाण पेश गर्नु पर्नेछः–
(क)संस्थापकले लिन कबूल गरेको शेयर वापतको रकम कम्पनीको नामको बैंक खातामा जम्मा गरेको भए सोको प्रमाण, वा(ख)नगद बाहेक अन्य सम्पत्ति वा जायजेथाबाट शेयर वापतको रकम कम्पनीलाई प्राप्त भएको भए प्रचलित कानून बमोजिमको मूल्याङ्कनकर्तालेत्यस्तो सम्पत्तिको मूल्याङ्कन गरी लेखा परीक्षकबाट प्रमाणित भई सञ्चालक समितिबाट स्वीकृत भएको प्रमाण ।

”(२)उपदफा (५) मा रहेका “उपदफा (२) मा” भन्ने शब्दहरुको सट्टा “यस ऐनमा अन्यत्र” भन्ने शब्दहरु राखिएका छन्।

(३)उपदफा (६) को प्रतिवन्धात्मक वाक्यांशमा रहेका “कारोबार शुरु गर्नु पर्नेछ ।” भन्ने शब्दहरुको सट्टा “कारोबार शुरु गर्नु पर्नेछ र कम्पनी दर्ता भएको कारणले मात्र कारोबार प्रारम्भ गर्न स्वतः स्वीकृति प्राप्त गरेको मानिने छैन” भन्ने शब्दहरु राखिएका छन्।

(४)उपदफा (६) पछि देहायको उपदफा (७) थपिएको छः–“(७) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १३बमोजिम प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले यस दफा बमोजिम कारोबार प्रारम्भ गर्ने स्वीकृती प्राप्त नगरी पब्लिक कम्पनीको हैसियतमा कुनै कारोबार गर्न सक्ने छैन ।”