दफा २६
मूल ऐनको दफा ७३क. मा संशोधन

मूल ऐनको दफा ७३क. मा रहेका “कर्मचारीलाई
पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने” भन्ने शब्दहरुको
सट्टा “कर्मचारीलाई दुईदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलब वृद्धि
रोक्का गर्ने” भन्ने शब्दहरु राखिएका छन् ।