दफा
मूल ऐनको दफा ८ख. मा संशोधन

मूल ऐनको दफा ८ख. को उपदफा (१) को
प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको प्रतिबन्धात्मक वाक्यांश राखिएकोछः –
“तर, स्वास्थ्य सेवाको कुनै पदमा योग्यता प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई
देहायको अवस्थामा करार सेवामा काममा लगाउन सकिनेछ ः–
(क) कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण विदामा रहेको अवस्थामा
अध्ययन वा असाधारण विदामा बसेको अवधिभर,
(ख) सेवाको कुनै पद कुनै कारणवस रिक्त हुन गई सो को माग आकृति फाराम भरी
लोक सेवा आयोगमा पठाइसकेको तर पदपूर्ति भइनसकेको अवधिभर ।”