दफा
मूल ऐनको दफा ९ मा संशोधनः

मूल ऐनको दफा ९ को,–

(१)उपदफा (१)को सट्टा देहायको उपदफा (१) राखिएको छः–“(१)प्राइभेट कम्पनीको शेयरधनीको संख्या नियमावलीमा निर्धारण भए बमोजिम हुनेछ र त्यसरी निर्धारण नभएमा एकसय एक भन्दा बढी हुन सक्ने छैन।

”(२)उपदफा (३) पछि देहायको उपदफा(४) थपिएको छः–

“(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कम्पनीले स्थानीय स्रोतको प्रयोग गरी प्रचलित कानून बमोजिमकुनै पूर्वाधार संरचना निर्माण गरेकोमा त्यस्तो संरचनाबाटआयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि शेयर विक्रीगर्नु्पर्ने भएमात्यस्तो शेयरका शेयरधनीहरुलाई वितरण गरिएको शेयरधनीको संख्यागणना गरिने छैन।”